४ करोड राजश्व छली मुद्दामा फरार रहेका शेष पक्राउ
काठमाडाैं | असोज १८, २०८०
झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कुतबुद्दिन शेषलाई बुधबार पक्राउ गरेको हो। ३६ वर्षका शेषलाई कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरिएको हो।
उनीविरूद्ध नेपाल पान मसला उद्योग चलाउँदा ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ राजश्व छलेको मुद्दा छ। उक्त मुद्दामा उच्च अदालत तुलसीपुरले शेषलाई ६ महिना कैदसँगै विगो र जरिवाना गरी उनीबाट ५ करोड ९८ लाख ३६ हजार ३ सय ५५ रुपैयाँ असुल्न आदेश दिएको थियो।
शेषलाई ब्युरोले बिहीबार काठमाडौं जिल्ला अदालतमा बुझाएको छ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

